संवैधानिक निकायका नियुक्ति अघि बढ्यो

काठमाडौं । संवैधानिक निकायका नियुक्ति अघि बढाइएको छ । संवैधानिक परिषद्को बैठकमा संवैधानिक निकायमा रिक्त रहेका प्रमुखलगायत सदस्यहरूको नियुक्ति प्रकिया अगाडि बढाउने निर्णय भएको हो ।

महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत साधन तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको नियुक्ति लागि प्रक्रिया अघि बढेको हो ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ती निकायहरूमा नियुक्तिका लागि १५ दिनको सूचना निकाल्ने बताए। उनले भने, ती निकायहरूमा सूचना ननिकाली नियुक्ति गर्न मिल्दैन। प्रक्रिया सुरू गर्ने निर्णय भएको छ, उनले भने।

ती निकायहरूमा इच्छुहरूले आवेदन दिनसक्ने उनको भनाइ छ।

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा भने विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

सेयर गर्नुहोस्

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई  आग्रह, यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *