पोपको सुरक्षा गर्न विशेष विमान परिचालन

लिस्बन । विश्व युवा दिवसका अवसरमा पोर्चुगलमा सेनाको विशेष विमान उड्ने भएको छ ।

समारोह र पोप फ्रान्सिसको सुरक्षाका लागि पोर्चुगल वायु सेना विमानले लिस्बनको आकाशबाट निगरानी र जासूसी गर्ने छ ।
अगस्ट पहिलो हप्ता एउटा विमान उड्ने र अर्को तयारी अवस्थामा रहने सुरक्षा अधिकारीहरुले बताएका छन् । १३ घण्टा आकाशमै उड्ने छ ।

विमानले समारोह क्षेत्र, पोपको स्वागत समारोहको नजिकको क्षेत्रमा र कार्यक्रम हुने क्षेत्रहमा सम्भावित खतराबाट मुक्त हुन मिशनका साथ निगरानी हुने भएको हो ।

मेजर हेल्डर फरेराले सेन्सर र टेक्नोलोजीमार्फत सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

सेयर गर्नुहोस्

नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *