राजनीतिक भेलामा बम विस्फोट, ३५ को मृत्यु

इस्लामाबाद । पाकिस्तानको राजनीतिक भेलामा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक जमीयत उलेमा ए इस्लाम (एफ) पार्टीको राजनीतिक भेलामा बम विस्फोट भएको हो ।

दुई सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा मृतक संख्या अझै बढ्नसक्ने जनाइएको छ ।

पार्टीका एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर, उक्त नेता आउनु अघि नै बम विस्फोट भएको थियो।

भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा उक्त पार्टीको स्थानीय एक नेताको पनि मृत्यु भएको छ। सरकारले आक्रमणमा संलग्न व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरू गरिसकेको जनाइएको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको खार शहरमा यसै वर्षको अन्त्यमा हुन निर्वाचन हुँदै छ । त्यसअघि हुन लागेको जमीयत उलेमा(ए(इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विस्फोट गराइएको अनुमान प्रहरीको प्रारम्भिक अध्ययनबाट देखिएको छ।

सेयर गर्नुहोस्

धानको मूल्य उच्च

पेरिस,एएफपी। भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा धानको मूल्य उच्च...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *