विदेश जान नपाएपछि प्रदर्शन

काठमाडौं । वैदेशिक रोजगारीमा जान नपाएका युवाहरुले अध्यागमन विभागमा आइतबार प्रदर्शन गरेका छन् । विभागले विभिन्न बाहानामा विदेश जान रोकेपछि उनीहरु आन्दोलित भएका हुन् । भिषा, टिकट हुँदा पनि विभागले रोकेको उनीहरुको दावी छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागन कार्यालयले केही दिनयता ‘शंकास्पद’ भन्दै विदेश जान ठिक्क परेका युवाहरुलाई रोकेको थियो । पुनः टिकट बनाएर जान खोज्दा पनि विभागले रोकेपछि युवाहरु आक्रोशित भएका हुन् ।

विदेश जान नपाएका युवाहरुको आन्दोलनमा वैदेशिक रोजगार संघले पनि समर्थन जनाएको छ । संघका पदाधिकारी पनि आन्दोलनमा देखिएका थिए । श्रम स्वीकृति, टिकट हुँदा पनि अध्यागमनले रोकेर दुःख दिएको उनीहरुको गुनासो छ ।

सेयर गर्नुहोस्

पोर्तुगल संसदमा आज “फिर्ता कानून” माथि छलफल अवैध रूपमा बसोबास गर्ने विदेशीलाई देशनिकाला गर्न कडा व्यवस्था प्रस्ताव

पोर्तुगल सरकारले अवैध रूपमा बसिरहेका विदेशी नागरिकलाई देशबाट हटाउने प्रक्रिया...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *