नेपालको व्यापारघाटा १३ खर्ब १४ अर्ब पुग्यो

काठमाडौं । स्वदेशमा उत्पादन बढ्न नसक्दा नेपालको व्यापारघाटा दिनानुदिन बढ्दै गइरहेको छ । स्वदेशमै प्रशस्त संभावना भएका वस्तु तथा सेवा पनि आयात गर्दा नेपालको रकम खर्बाै बाहिरिएको छ ।

सरकार तथा निजी क्षेत्रले उत्पादनको विकल्प नखोज्दा व्यापाराघाटा दिनानुदिन बढ्दै गएको छ । नेपालले प्राप्त गर्ने रेमिट्यान्सको मुख्य अंश वस्तु तथा सेवा खरिदमै खर्च हुने गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को जेठ मसान्तसम्म व्यापारघाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ पुगेको छ।

जेठसम्म १४ खर्ब ८० अर्बको आयात भएको छ । १ खर्ब ३९ अर्बको निर्यात भएको छ ।

पेट्रोलियम पदार्थ, फलाम, मेसिनरी तथा विद्युतीय उपकरण, सवारीसाधन खरिदमा खर्बाै पैसा बाहिरिएको छ ।

यस्ता वस्तु उत्पादनमा सरकारको ध्यान नजाँदा आयातका लागि डलर खर्चिनुपरेको छ । स्वदेशमै उत्पादन संभावना भएका र उत्पादन भइरहेका वस्तु उत्पादन हुन नसक्दा बाहिरबाट सामान आउन थालेको छ । पूर्ण क्षमतामा उत्पादन नहुँदा विदेशबाट सामान आउन थालेको हो ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *