लिस्बन । नेपालको पर्यटन प्रवद्धन गर्न पोर्चुगिससँग अन्तरक्रिया हुने भएको छ । पोर्चुगिससँग अन्तरक्रिया गरेर प्रवद्धनका सशक्त कार्यक्रम गर्ने तयारी गरिएको छ ।
खासगरी नेपाल पुगेर फर्केका तथा नेपाल जान चाहने पोर्चुगिससँग नेपालको पर्यटन प्रवद्धन गर्न, थप सशक्त योजना बनायन छलफल गर्न लागिएको पोर्चुगलका लागि पर्यटनदूत रमेशराज बास्तोलाले बताउनुभयो ।
‘पर्यटन प्रवद्धन गर्न नेपालको संस्कृति तथा पहिचान झल्किने पोस्टर दिन्छौं’ उहाँले भन्नुभयो,‘उनीहरुलाई नेपालको भ्रमणका लागि प्रोत्साहन गर्छौ ।’
पर्यटन प्रवद्धन गर्नका लागि मार्केस पम्बलमा सचिवालय खोलिएको छ । सचिवालयले नेपालको पर्यटनको प्रचार प्रसारका लागि काम सुरु गरिसकेको छ । ‘हाम्रो नेटवर्कमा रहेका पोर्चुगिसहरुलाई नेपाल घुम्न आह्वान गर्र्र्छाै,’उहाँहरुलाई नेपालको आकर्षक गन्तव्यका बारेमा जानकारी गराउँछौं’ पर्यटनदूत बास्तोलाले भन्नुभयो ।
त्यस्तै सचिवालयले पोर्चुगलमा पर्यटनसम्बन्धी ख्यातीप्रति व्यक्तिलाई आमन्त्रण गर्ने, सल्लाह सुझाव लिने पनि तयारी गरेको छ । इमेल, एसएमएसबाट समेत सुझाव लिन थालिसकेको छ ।
बास्तोला करिब एक महिनाअघि पोर्चुगलका लागि पर्यटनदूतमा नियुक्त हुनुभएको थियो । नेपाल फर्के लगत्तै उहाँले नेपालको पर्यटनका क्षेत्रमा सशक्त ढंगले काम गर्न थाल्नुभएको छ ।
बास्तोलाले लामो समयदेखि लिस्बनमा बसेर ग्रामीण पर्यटनमा काम गर्दै आउनुभएको छ । ‘घुमघाम पोर्चुगल’मार्फत उहाँले पोर्चुगलका खासगरी ग्रामीण पर्यटनमा नेपालीहरुलाई घुमाउने व्यवस्था गर्दै आउनुभएको छ ।
नेपालका ढोरपाटनमा स्थानीय होमस्टे व्यवसाय गरेका, दोलखाका बौद्ध सम्पदा संरक्षक तथा ध्यान केन्द्रमा संलग्ल भई पर्यटन प्रवद्र्धनमा योगदान पुराएका व्यक्ति, जुम्लाको स्थानीय उत्पादनलाई प्रचार प्रसार गरी पर्यटन प्रवद्धन गर्ने, जुम्लाका व्यवसायी र मुगुको कला संस्कृति र देउडा संरक्षण गर्दै आएका व्यक्ति तथा पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पूर्व जनप्रतिनिधिलाई सम्मान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
नेपालमा कार्यक्रम गरी उहाँहरुलाई प्रोत्साहनस्वरुप पर्यटन सम्बन्धी विभिन्न विधामा नगदसहित सम्मान गर्ने योजना रहेको बास्तोलाले बताउनुभयो ।
