रुस र युक्रेन जान श्रमस्वीकृति नदिइने

काठमाडौं । रुस र युक्रेनमा नेपाली जान नपाउने भएका छन् । युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई सरकारले श्रम स्वीकृति नदिने निर्णय गरेको छ ।

श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर ती देशका लागि श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति नदिने निर्णय गरेको हो ।

युद्धरत देशको सेनामा सहभागी हुनसक्ने भयका कारणले सरकारले त्यहाँ जान रोकेको हो । द्धन्द्धबाट सृजना हुनसक्ने मानवीय जोमिखलाई हेरेर सरकारले त्यहाँ पठाउन बन्देज लगाएको हो ।

अब अर्को व्यवस्था नभएसम्म रुस र युक्रेन जाने नेपाली कामदारलाई पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगत गर्ने निर्णय गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सेयर गर्नुहोस्

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई  आग्रह, यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *