पोर्चुगलमा बिटकोइनमा आकर्षण : जोखिम मोलेर लगानी नगर्न विज्ञहरुको सुझाव

लिस्बन । पोर्चुगलमा क्रिप्टोकरेन्सीमा धेरैको आकर्षण बढ्दै गएको छ । नेपालीलगायत धेरै आप्रवासी समुदाय बिटकोइनमा आकर्षित भएको पाइएको छ ।
नेपालमा यसलाई गैरकानुनी मानिए पनि पोर्चुगलमा बस्ने नेपालीहरु बिटकोइन किन्न, यसको सदस्य बनेर कारोबार गर्न लालायित भएका छन् ।

पछिल्लो समयमा बिटकोइनमा उत्साही र लगानीकर्ताहरूको बृद्धि भइरहेको पाइएको छ । यसमा नेटवर्किडका रुपमा सदस्य बनाएर केहीले लाभ पनि लिइरहेका छन् । डिजिटल मुद्रामा राम्रो दृष्टिकोणको लागि कम्पनीहरू पनि बढ्दै गएका छन् । आफ्नो बिटकोइन लेनदेनहरूको विश्लेषण, भविष्यवाणी र व्यवस्थापन गर्नेहरु कम्पनीहरु आक्रमक ढंगले लागेका छन् ।

विभिन्न कम्पनीहरुले यसको कारोबारमा प्रोत्साहन गरिरहेका छन् । परम्परागत बजार र अर्थतन्त्रको अस्थिरताको बीचमा बिटकोइन र डिजिटल मुद्रामा कारोबार गर्न पोर्चुगल सक्रिय भएको पाइएको छ । आकर्षक, वैकल्पिक लगानीको अवसर प्रदान गर्दै डिजिटल मुद्राहरूमा बढ्दो यो परिवर्तनले पोर्चुगलका लगानीकर्ताहरूलाई उत्साहित बनाएको छ ।

तर, यसले अर्थतन्त्रमा समस्या ल्याउन सक्ने जानकारहरु बताउँछन् । धेरैजसोको लगानी यसैमा केन्द्रित हुँदा उत्पादन कम हुने, रोजगारी सिर्जना नहुने समस्या आउन सक्ने देखिएको छ । सम्भावित जोखिमहरूको व्यवस्थापन र निगरानी गर्न लगानीकर्ताहरु ने जानकार हुनुपर्ने कम्पनीको विश्लेषण छ ।

बिटकोइनमा लगानी गर्नु आकर्षक प्रस्ताव हुनसक्ने कतिपय अर्थशास्त्रीहरु सुझाव दिन्छन् । यहाँ क्रिप्टोकरेन्सीलाई मुद्राको सट्टा सम्पत्ति मानिन्छ। लगानीनीकर्ताहरूले आफ्नो कारोबारमा पुँजीगत लाभ कर तिर्नु नपर्ने भएकाले धेरै लगानीकर्ताहरुले यसको फायदा लिइरहेका छन् ।

तर, सर्वसाधारण, सीमित पैसा हुनेहरुले भने यसमा जोखिम आउँदा समस्या हुन सक्ने, त्यसका लागि आफै सचेत हुनुपर्ने अर्थशास्त्रीहरुको सुझाव छ ।

धेरै कमाउने आशाले कतिपय नेपाली बिटकोइनजस्ता क्रिप्टोकरेन्सी, हाइपर फण्डजस्ता अनलाइन नेटवर्किड बिजनेसमा लगानी गरेर डुबेका छन् । हाइपर फण्डमा धेरैजसो पोर्चुगलमा बस्ने नेपालीहरुले केही वर्षअगाडि आफ्ना सम्पत्ति गुमाएका थिए ।

 

सेयर गर्नुहोस्

“प्रेमीसँग भाग्न आफ्नै सन्तानको भविष्य अन्धकार बनाउने निष्ठुरी आमा: फ्रान्सबाट ल्याएर ३ र ५ वर्षका बालबालिकालाई आँखामा पट्टी बाँधी पोर्तुगल जंगल र सडकछेउमा छोडियो

पोर्तुगलको Alcácer do Sal क्षेत्रमा दुई फ्रान्सेली बालबालिका परित्याग गरिएको...

Read More

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *