महिलाहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाइ फसाउने पक्राउ

काठमाडौं । सुर्खेत,दैलेख लगायतका पहाडी जिल्लाहरुबाट महिलाहरुलाई भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाउने एक महिला पक्राउ परेकी छन् ।

नयाँ दिल्ली स्थित रहेको यौन गतिविधि हुने केन्द्रमा लगी बेचबिखन गरेको भन्ने जाहेरी दरखास्तको आधारमा यस व्युरोबाट खटिएको टोलीले जिप्रका बाँकेसँग समन्वय गरी नेपालगंजबाट पक्राउ गरिएको छ । काठमाण्डौ जिल्ला अदालतबाट दिन ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं ८ स्थायी वतन भएकी बर्ष ३९ की मुना ठकुरी भन्ने मुना कुमारी मल्ललाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

भारतमा घरको सरसफाईमा राम्रो कमाई हुने प्रलोभन देखाई महिलाहरुलाई नेपालबाट लैजाने गरेको खुल्न आएको ब्यूरोले जनाएको छ ।

सुर्खेत, दैलेखका ग्रामीण ईलाकाका आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका एकल महिलाहरुलाई टार्गेट बनाउने गरेका पाइएको, निजले भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधी हुने केन्द्रमा एक जना नाबालिका सहित २ जना युवतीहरुलाई बेचबिखन गरेको खुल्न आएको ब्यूरोले जनाएको छ।

पिडीतहरुलाई भारतको दिल्लीबाट अन्यत्र स्थानमा यौन गतिवीधिको लागि पठाउने गरेको, पीडीतहरु भागेर हिड्दा समेत पुनः पिछा गरी समाती सोही गतिविधिमा लगाउने गरेको खुल्न आएको, महिलाहरुलाई भारतको दिल्लीमा लगी बेचबिखन गरेको भन्ने सूचनाका आधारमा उद्धार गरीएको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बताए ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *