मानव बेचबिखन तथा ओसारपसार कसूरमा एक जना पक्राउ

सप्तरी । मानव बेचबिखन तथा ओसारपसार कसूरमा एक जना पक्राउ परेका छन् ।
राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक राजविराज नगरपालिकाका ५७ वर्षीय अरुणचन्द्र मिश्र र गेष्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल हुन्।

गेष्ट हाउसमा यौन कार्य भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

गेष्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती यौनकार्य गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।

उनीहरू उपर मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसूरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *