कृषि भिसामा पोर्चुगल आउने अलपत्र, मानव बेचबिखन र तस्करीमा परेको आंशका

पोर्चुगल । पोर्चुगलको कृषि भिसामा पठाउने भन्दै मानव बेचबिखन तथा तस्करी हुने गरेको पाइइको छ ।

एसियन मुलुकका आप्रवासीहरु कृषि फर्ममा काममा लैजाने भन्दै भन्दै मनव तस्करीको फन्दामा परेका हुन् ।

प्रहरीका अनुसार लिस्बन नजिकै पोर्तुगाली गोदाममा सयौं मानव तस्करी पीडितहरू फेला परेका छन् ।

पोर्चुगलको समुद्री पुलिसका अनुसार दुई नाकामध्ये एउटामा सयौं मानव बेचबिखनका पीडितहरू फेला परेका छन् । मानव बेचबिखन र तस्करमा पर्ने धेरैजसो दक्षिणपूर्व एशियाका आप्रवासीहरू हुन् ।

पुलिसले मंगलबार पोर्चुगलको दक्षिणी एलेन्तेजो क्षेत्रका फार्महरूमा छापा मारेर मानव बेचबिखन र श्रम शोषणको आशंकामा २८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रोमानिया, मोल्डोभा, युक्रेन, भारत, सेनेगल र पाकिस्तान लगायतका देशका आप्रवासीहरूलाई खेतबारीमा काम दिने प्रलोभनमा पोर्चुगलमा ल्याई शोषण गर्ने गरिएको प्रहरीले जनाएको छ ।
पुलिसले अनुसन्धान गरी पीडितहरुको पहिचान गरेको हो ।

पक्राउ पर्नेमा पोर्चुगलका नागरिक र विदेशी हुन् ।

मानव बेचबिखन, आपराधिक सङ्गठन, गैरकानूनी अध्यागमनलाई सहयोग गर्ने, अवैध श्रम भर्ती जबरजस्ती असुली, मनी लान्ड्रिंग र अन्य अपराधहरू लगायतका अपराधमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ ।

बुधबार अदालतमा सोधपुछका लागि हाजिर गराइएको छ । श्रम शोषणका घटनाहरू अत्याधिक भएको पाइएको छ । गरिब आप्रवासीहरू बेतलबी काममा फसेका छन् ।

पोर्चुगलमा कृषिमा काममा लगाउने भनदै मानव बेचबिखन बढेको छ । एक पटक काममा राखेपछि, तिनीहरूका कागजातहरू प्रायः जफत गरिएको र पारिश्रमिक पनि नदिइएको जनाइएको छ ।

धेरैलाई थोरै वा कुनै सुविधा नभएका आदिम आवासहरूमा हुलेर राखिएको छ ।
काउन्सिल अफ युरोपको रिपोर्ट अनुसार पोर्चुगल अधिकारीहरूले २०१६ देखि २०२० मा बेचबिखनका १ हजार १ सय ५२ जना पीडितको पहिचान गरेको हो । अनुसन्धान, अभियोजन र सजायको संख्या भने निकै कम छ ।

सेयर गर्नुहोस्

नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *