राष्ट्रपति यूरोप आउने

पोर्चुगल । राष्ट्रपति रामचन्द्र पौडेल यूरोप आउने भउका छन् । कात्तिक २२ गतेबाट फ्रान्स, जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति पौडेलको भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरमुमा भाग लिन जान लागेको बताइन् । सोपश्चात जर्मनी र इटालीको भ्रमण गर्ने छन् ।

बैठकले निमा तामाङको नाममा झुठो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय कालिकोटबाट वंशजको आधारमा जारी भएको नागरिकता र देवराज धमलाको नाममा झुठो विवरण पेस गरी कालिकोटबाट जारी भएको नागरिकता रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ।

त्यस्तै बैठकले युएईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीलाई स्वीकृती प्रदान गरेको छ । कात्तिक २० र २१ गते चीनमा आयोजना हुने सम्मेलनमा सहभागी हुन शिक्षा राज्यमन्त्री नेतृत्वको टोलीलाई स्वीकृत गर्ने निर्णय गरिएको हो ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा राजधानी लिजवन आयोजीत ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *