क्रोसीया, माल्टा र पोल्यान्ड पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । क्रोसिया, माल्टा र पोल्यान्ड पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । युरोपका यी मुलुकमा पठाउन तीन जनाले पीडितबाट लाखौं रकम उठाएका थिए ।

पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक ब्यक्ति पक्राउ परेका छन् । काठमाडौ उपत्यका अपराध अनुसन्धान महाशाखाले ३२ वर्षीय अनन्त प्रकाश श्रेस्ठलार्इ पक्राउ गरि वैदेशिक रोजगार बिभाग ताहाहलमा पठाएको छ ।

योगेन्द्रकुमार साउदलगायतलाइ १२ लाख रुपैया लिएर ठगि गरेको महाशाखाले जनाएको छ ।प्राबक्ता रबिन्द्र रेग्मिका अनुसार श्रेष्ठले मासिक २ लाख आम्दानि हुने प्रलोभन देखाएर ठगि गरेका थिए । उनले पिडितबाट ८ लाख लिएका प्रहरिले जनाएको छ । बिभागले पक्राउ गरि बुझाउन पत्राचार गरेकाले महाशाखाले पक्राउ गरेको हो ।

त्यस्तै सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, उदयपुर ताप्ली गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई पक्राउ गरेको रेग्मीले जानकारी दिए ।

मौसम मग्रातीले टोकमान गुरुङलाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको र प्रचलन राईले समरबहादुर परियारलाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी रु छ लाख ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

मग्रातीलाई काठमाडौं काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट पक्राउ गरिएको थियो ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *