पोर्तुगलका राष्ट्रAntónio José Segurol”] ले सरकारले ल्याएको आवाससम्बन्धी कर छुट (desagravamento fiscal) सम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेका छन्। यो कानुनको उद्देश्य पोर्तुगलमा सस्तो मूल्यमा घरको उपलब्धता बढाउनु हो।
यसअन्तर्गत सरकारले IVA (VAT), IRS, IMT लगायतका करसम्बन्धी नियममा परिवर्तन गर्ने भएको छ। संसदबाट दुई महिना अघि पारित भएको यो आवास प्याकेजलाई PSD, CDS-PP र IL ले समर्थन गरेका थिए भने Chega पार्टी तटस्थ बसेको थियो।
के–के परिवर्तन हुँदैछ?
अब ६४८ हजार युरोसम्ममा बिक्री हुने घर निर्माणमा VAT (IVA) २३% बाट घटाएर ६% मात्र लाग्नेछ। मासिक २,३०० युरोसम्म भाडामा दिइने घरमा पनि कम VAT लाग्ने व्यवस्था गरिएको छ। घरधनीलाई घर भाडामा दिन प्रोत्साहन गर्न IRS करमा छुट दिइनेछ। गैर–आवासीय (non-resident) विदेशी नागरिकले घर किन्दा ७.५% IMT लाग्नेछ, तर केही विशेष अवस्थामा छुटको व्यवस्था पनि रहनेछ। सरकारले यो कदम आवास संकट कम गर्न र बजारमा थप घर उपलब्ध गराउन ल्याएको जनाएको छ। तर विपक्षी वामपन्थी दलहरूले “२,३०० युरो भाडालाई मध्यम (moderada) भाडा भन्नु वास्तविकतासँग मेल नखाने” भन्दै आलोचना गरेका छन्।
हाल पोर्तुगलमा लगातार ६ त्रैमासिकदेखि घरको मूल्य बढिरहेको सरकारी तथ्यांक (INE) ले देखाएको छ।