बट्टा को खिल्ली मा झरेको सुरुवात संघर्ष को कथा

जनक वराल कोपनहेगन डेनमार्क
म र एक जना मित्र सामान किन्न भनेर बजार जान घर बाट बाहिर निस्किन थालेका थियौँ घरको मुल ढोकामा दुई जना युवाहरु भेट भए । उनीहरु पनि एसियन भएकोले होला हामी सँग बोल्न चासो देखाए ।
उनीहरु डेनमार्कमा अध्ययन गर्न भनेर आएका रहेछन् । आएको लामो समय बित्दा पनि कुनै पनि काम पाउन सकेनछन । बिद्यार्थी मान्छे काम गर्न भने जती घण्टा नपाईने अनि कलेज, असाइनमेन्ट ले गर्दा अलिक टाढा जान पनि नमिल्ने ।
घर बाट ल्याएको पैसा पनि सकियो, काम पाउने अत्तोपत्तो छैन, कोठाभाडा महङ्गो छ । अब कता जाने के गर्ने भनेर हतास भएको अवस्थामा हामीलाई भेट्दा आनन्द लागेछ ।
कलेज, पढाई, काम अनि खर्च कसरी चलेको छ भनेर हामीले जिज्ञासा राख्यौ । उनले लामो सास फेर्दै भने, “ कमाइ र तनाब को के कुरा गर्नु, अब त खान पनि मुस्किल पर्ने अवस्था आउन थाल्यो । घरमा फेरि कसरी पैसा पठाउ भन्नु । स्वदेशमा हुँदा खल्तिमा बट्टाका बट्टा चुरोट लिएर घुमिन्थ्यो अहिले एउटा खिल्ली चुरोट सिङ्गै पिउने हैसियत पनि छैन, एक खिल्ली चुरोट पनि दुई जनाले मिलेर तान्न थालेका छौँ, के गर्ने चुरोट छोड्न मन त छ तर सकिएन, मन बहलाउन पनि चुरोट साथी बनेको छ ।”
उनको कुरा सुन्दा हाम्रो पनि मन अमिलो भयो । म सँगैका साथीलाई माया लागेछ क्यारे उनले आफु सँग भएको चुरोटको बट्टा नै उनिहरुलाई दिए । मैले काममा लगाइदिने केही एजेन्टका नम्बर पनि दिएँ । हामीले आफ्ना सुरुवाती संघर्षका कथा पनि सुनायौँ जुन उनीहरुको अहिलेको अवस्था भन्दा धेरै नै खराब थियो । मैले भने अहिले तिमीहरु बट्टा बाट खिल्लिमा झरेका छौ, प्रतिक्षा गर कुनै दिन फेरि बट्टा होइन, सिङ्गो बन्डल नै किन्ने अवस्थामा पुग्ने छौ । उनीहरु हल्का मुस्कुराय, अनुहार केही उज्यालो देखियो ।
कुरा यहाँ चुरोटको खिल्ली र बट्टाको होइन, यसलाई मैले प्रतिकात्मक रुपमा भनेको हुँ । अहिले पोर्तुगलमा एती धेरै मान्छे एकैपटक ओइरिएका छन कि लाग्छ यहाँको सिमित स्रोत र साधनले त्यो चाप धान्न मुस्किल छ । जुन जुलाई मा पनि काम पाउन धेरै कठिन देखिएको छ भने बस्ने कोठा को मुल्य चरम सिमामा पुगे सँगै अभाब पनि उस्तै छ । दुई चार बर्ष अगाडि र अहिलेको परिस्थिति तुलना गर्नै नमिल्ने खालको छ । नयाँ आउनेहरु धैर्य भएर संयमताका साथ अगाडि बढ्नु जरुरी छ । सबैको पोर्तुगल बसाइ सुखद बनोस्, शुभकामना !

सेयर गर्नुहोस्

पोर्तुगल संसदमा आज “फिर्ता कानून” माथि छलफल अवैध रूपमा बसोबास गर्ने विदेशीलाई देशनिकाला गर्न कडा व्यवस्था प्रस्ताव

पोर्तुगल सरकारले अवैध रूपमा बसिरहेका विदेशी नागरिकलाई देशबाट हटाउने प्रक्रिया...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *