नेपाली परिवार गेन्ट बेल्जियमको चौथो अधिवेशन भब्यताका साथ सम्पन्न

जनक बराल, गेन्ट बेल्जियम ।
नेपाली परिवार गेन्ट बेल्जियमको चौथो अधिवेशन आज मे २० तारिक ledeberg स्थित सभाहलमा सम्पन्न भएको छ । करिब दुई सय पचास जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा घनश्याम शर्मा अध्यक्ष रहने गरि २३ सदस्सिय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरिएको छ । उक्त अधिवेशन बाट उपाध्यक्ष मा जनक राज सुबेदी , महिला उपाध्यक्षमा शारदा अधिकारी, महासचिबमा बिकल अधिकारी, सचिबमा निर्मल केशब सुबेदी तथा कोषाध्यक्षमा कृष्ण पुरी तथा अन्य सदस्य रहने गरि गठन गरिएको छ । कार्यक्रमको बन्दशत्रमा पुरानो (२०२२-२४ ) कार्यसमितिले गरेका काम र प्रगतिबिबरण लाई संस्थाका महासचिब जनक राज सुबेदीले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको आय ब्यय पनि प्रस्तुत गरिएको थियो । करिब एक बजे बाट सुरु भएको कार्यक्रममा निकै उत्साहजनक उपस्थिती रहेको थियो भने ससाना बाबुनानीहरु द्वारा नेपाली भेषभुषामा सजिएर बिभिन्न नृत्यहरु प्रदर्शन गरिएका थिए । नबनिर्बाचित अध्यक्ष घनश्याम शर्माले गेन्टमा बिस्तारित हुँदै गएको नेपाली समुदाय लाई अझ नयाँ तरिकाले समेट्दै सबैको साथ र सहयोग लिएर गेन्टको नेपाली समाजलाई नमुना बनाउने दिशातर्फ अबको नबनिर्बाचित कार्यसमिति अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो । उक्त कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष अम्बिका गुरुङ्ग, नयाँ कार्यसमिति चयन गर्नको लागि गठन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष यामु निरौला तथा सदस्यहरु रमेश पौडेल, तिर्थ धमला , बसन्त ढुङ्गाना लगाएत ले नबनिर्बाचित कार्यसमितिलाई बधाई तथा सुभकामना दिनुभएको थियो ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *