रेमिट्यान्स वृद्धि निरन्तर

काठमाडौं । पछिल्ला केही महिनायता निरन्तर रेमिट्यान्स वृद्धि भइरहेको छ । यसले रेमिट्यान्स बढेसागै वैदेशिक मुद्रा सञ्चितिको आकार बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र०८१ को आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले रेमिट्यान्स २१ प्रतिशतले वृद्धि भएको छ । तथ्यांक अनुसार ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८।८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४।८ प्रतिशतले बढेको थियो। रेमिट्यान्स वृद्धिले समग्र बाह्य क्षेत्र धानेको देखाउँछ। अघिल्लो आर्थिक वर्षझैं चालु आर्थिक वर्षको आठ महिना समाप्तिसम्म विप्रेषण आप्रवाह उल्लेख्य दरले बढेको छ।

तर, रेमिट्यान्स मात्र बढेको नभई नेपालबाट बाहिरिने वैदेशिक मुद्रा पनि बढेको छ । यसले के संकेत गर्छ भने नेपालमा बस्न चाहने युवाको कमी देखिन्छ । विभिन्न तरिकाबाट विदेश पुग्ने क्रम बढेको छ । विदेशी मु्रदा बाहिरिने मात्र नभई दक्ष जनशक्ती सकिदैँ गएको छ । उत्पादनमा कसैको ध्यान नजादा देश रेमिट्यान्सले नै धानिएको छ ।

विदेशी मुलुकमा अध्ययन गर्ने र भ्रमण गर्नेको संख्या बढ्दै गएको छ । पछिल्लो समयमा भ्रमण व्यय ४५।७ प्रतिशतले वृद्धि भई १ खर्ब २२ अर्ब ८१ करोड पुगेको छ। यसमध्ये शिक्षातर्पmको व्यय ८० अर्ब १४ करोड रुपैयाँ छ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *