काठमाडौं । यूरोपका विभिन्न देशमा पठाउने बहानामा ठगी गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
पछिल्लो समयमा क्रोएशिया लैजाने भन्दै सुर्खेतका रिदम भनिने कृष्णबहादुर रानामगरले ठगी गरेको भन्दै पीडितले उजुरी गरेका हुन् ।
उनले १२ करोडभन्दा धेरै रकम ठगी गरेको भन्दै पीडितहरुले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले यूरोेप रोजगारीका नाममा ठग्ने ठूलो गिरोह नै सक्रिय भएको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
१५० जनाभन्दा धेरैबाट गिरोहले १२ करोडभन्दा धेरै ठगेको पीडितले पत्रकार सम्मेलनमा दावी गरे ।
गोकुलबहादुर कार्कीमार्फत रानामगरले दोलखाका युवायुवतीमार्फत पैसा उठाएको पीडितहरुको गुनासो छ ।
भिसामात्रै नभएर जहाजको टिकट पनि भयो अब काम भैहाल्छ भनेर बोलेको आवाजको रेकर्डप नि सुरक्षित रहेको पीडितले पत्रकार सम्मेलनमा बताएका छन् ।
दोलखाबाट मात्रै रानामगरले २ करोड रुपैयाँ पैसा असुली गरेको कार्कीको दावी छ । क्रोएशिया पठाईदिने भन्दै जनही ७ देखि ९ लाखको दरले रकम असुली गरेको पीडित बलराम पराजुलीले बताए ।