कोरियामा १६ हजार नेपाली जान पाउने

काठमाडौं। दक्षिण कोरियामा १६ हजार नेपाली जान पाउने भएका छन् । सात हजारदेखि १० हजारसम्म लैजादै गरेको कोरियाले यस यस वर्ष करिब १६ हजार नेपाली लैजाने तयारी गरेको हो ।
कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८ सय ४८ नेपाली श्रमिक मागेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागको इपीएस कोरिया शाखाले आवेदन भर्नका लागि मंगलबार सूचना निकालेको छ। पुस २ देखि ६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन पाइन्छ ।

आवेदन दिनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्छ। कुनै फौजदारी अभियोगमा सजाय नपाएको, सन् २०२३ मा इपीएस भाषा परीक्षाका लागि आवेदन दिएकाले पनि यसपालि दरखास्त फाराम भर्न पाउने छैनन्।

माघ २२ गते परीक्षाको मिति तय हुने छ । परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्छ ।

भाषा परीक्षामा पास हुनेहरु रोजगारीको छनोट प्रक्रियामा सामेल हुन रोष्टरमा सूचिकृत हुनेछन्।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *