४ लाख ६६ हजार ६२२ श्रमिक सामाजिक सुरक्षामा

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका करिब ५ लाख श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध भएका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जना कोषमा जोडिएका हुन्।

कोषले मंसिर ११ गते सोमबार छैटौ सामाजिक सुरक्षा दिवस मनाउन लागेको छ । यो छैठौ दिवस हो ।

गत बर्षदेखि कार्यान्वयनमा आएको वैदेशिक रोेजगारमा जाने र विदेशमा कार्यरत नेपालीहरु जोडिने क्रम सुरु भएको छ ।

समग्रमा सामाजिक सुरक्षा कोषमा सुचीकृत रोजगारदाताको संख्या १८ हजार ४ सय ३९ पुगेको छ । अहिलेसम्म योगदानकर्ताको संख्या ९ लाख २८ हजार ४ सय ५३ पुगेको कोषले जनाएको छ ।

कोषको पछिल्लो तथ्यांक अनुसार ४४ अर्ब ८५ करोड रुपैया कोषमा जम्मा भइसकेको छ ।
जस अन्तर्गत औषधी उपचार , स्वास्थ्य तथा मातृत्वका लागि ७६.१२ करोड दावी गरिएको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ८।७५ करोड रहेको छ ।

आश्रीत परिवार सुरक्षा दाबी रकम १०.९६ करोड रहेको छ । अवकाश दाबी रकम ५४८.९७ करोड रहेको छ । कोषमा अहिलेसम्म कुल दाबी रकम ६ अर्ब ४४ करोड पुगेको छ ।

औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धा अवस्थाको सुरक्षा योजना छन् ।

सेयर गर्नुहोस्