‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगी पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको हो। उनले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान र कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ। समाचार स्रोत – सेतो पाटी
वैदेशिक रोजगारी : सेयर किन्न आकर्षण
काठमाडौं। वैदेशिक रोजगारीमा रहेका ३४ हजारभन्दा बढीले हिमालयन रिइन्स्योरेन्सको आइपीओमाआवेदन...
Read More
