परिसंघ र युएनसीडीएफबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (युएनसीडीएफ) को सहयोगमा लगानी तथा व्यापार अभिबृद्धिमा सहयोग गर्न “अगोरा” प्लेटफर्ममा आवद्ध भएको छ ।
अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरूसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो । शुक्रबार परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म संचालन तथा आवद्धता सम्बन्धी समझदारीपत्रमा सम्झौता आदानप्रदान गर्नुभयो ।
अगोरा प्लेटफर्ममा आवद्ध भएको नेपाल उद्योग परिसंघ पहिलो संस्था हो ।   सो समझदारीसँगै अगोरा प्लेटफर्ममा आवद्ध भएको छ र परिसंघले नेपाली उद्योगहरूको लागि लगानी प्रवद्र्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ ।
उत्पादन तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ । साथै नेपालका उद्यमी एवं व्यवसायीहरुलाई उद्यमशिलताको विकासका लागि आवश्यक पर्ने वित्तियसहित विशेषज्ञता आवश्यकताको आधारमा दिइनेछ ।
अगोराले देशको औद्योगिक र संस्थागत क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्दै स्वदेशी एवं विदेशी लगानी प्रबद्र्धन गर्ने परिसंघको दृष्टिकोणलाई सहयोग गर्नेछ ।
परिसंघका अध्यक्ष अग्रवालले युएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्र संघको पुँजी विकास कोषले अगाडि सारेको “अगोरा” मा नेपाली वस्तुहरुलाई आवद्ध गराउने र नेपाली वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्याउन महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमार्फत नेपाली वस्तुहरुको प्रबद्र्धनमा काम गर्दै आएको भन्नुहुँदै उहाँले यस प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने मात्रै नभई अन्तर्राष्ट्रिय व्यवसायिक सञ्जालमा पुग्न प्रभावकारी माध्यम बन्ने बताउनुभयो ।
साथै उहाँले अगोराले सुचना प्रसारणमा भएको कमीलाई पुरा गरी व्यवसाय, उद्यमी र समुदायहरूलाई पूँजी निर्माणमा समेत योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसंघसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न निकै सहयोग हुने बताउनुभयो ।
उहाँले अगोराले विदेशी लगानीकर्ताहरूलाई ‘किन नेपाल’ बाट ‘किन नेपालमा नगर्ने’ भन्ने मानसिकतामा परिवर्तन ल्याउन मद्दत गर्न सक्ने समेत बताउनुभयो ।
समान विचारधाराका साझेदारहरूसँगको सहकार्यमा युएनसीडीएफले सन् २०२३ को अन्त्यसम्ममा करिब २० देशहरूमा पुग्ने लक्ष्यका साथ अगोरालाई विश्वव्यापी सार्वजनिक हितका रूपमा अगाडि बढाइरहेको छ ।
लगानीकर्ताहरुले उदियमान बजार अवसरहरु खोजी रहन्छन्, अत्याधुनिक एल्गोरिदमहरू र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर उद्यमी एवं लगानीकर्ताबीचको सम्बन्धलाई प्रगाढ बनाउन अगोराले उनीहरुको हकहित सुनिश्चित गर्न मद्दत गर्नेछ ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा राजधानी लिजवन आयोजीत ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *