शान्ति प्रक्रिया टुंग्याउन युएनले सहयोग गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्ने बताएका छन् ।
संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंग्याउन सहयोग गर्ने बताएका हुन् ।
शान्तिप्रक्रिया टुंग्याउन नेपाललाई एक्लै संभव नभएको भन्दै यसमा राष्ट्रसंघले सहयोग गर्ने बताएका हुन् ।

द्वन्द्वकालीन मानव अधिकार उल्लंघनका मुद्दाको सम्बोधन हुनुपर्ने बताए । पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन उनले आग्रह गरे ।

महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन सजिलो नभएको बताए । संक्रमणकालीन न्याय आफैंमा जटिल र प्राविधिक विषय भएको उनको भनाइ थियो ।

नेपालका नेताहरूले संक्रमणकालीन न्याय टुंग्याउन खेलेको भूमिकाको उनले खुलेर चर्चा गरे ।

संक्रमणकालीन न्याय टुंग्याउँदा अन्तर्राष्ट्रिय मान्यता, सर्वोच्च अदालतको आदेश र पीडितको भावनाअनुरुप हुनुपर्ने उनको भनाइ थियो । महासचिव गुटेरेसले विश्व शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भूमिका अतुलनीय रहेको दावी गरे ।

महासचिव गुटेरेस गौतमबुद्धको जन्मस्थल लुम्बिनी, पोखरा पुगे ।

धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गरे ।
नेपालमा परिहेको जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि सहयोग गर्न सबैसँग आग्रह गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा महासचिव गुटेरेस शनिबार काठमाडौंका आएका हुन् ।

सेयर गर्नुहोस्