काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क गएका हुन् ।
प्रधानमन्त्री दाहाललाई सभामुद देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले बिदाइ गरे ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने छन्। विभिन्न राष्ट्रका प्रमुखहरूसँग साइडलाइन वार्ता हुने तय भएको छ।
प्रधानमन्त्री दाहाल न्युयोर्कबाट असोज ५ गते चीन प्रस्थान गर्ने छन् ।
प्रस्थान गर्नुअघि दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटे । भेटमा समसामयिक विषयमा पनि छलफल भयो ।