वैदेशिक रोजगार व्यवस्थापनमा जोड

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजालले वैदेशिक रोजगार व्यवस्थापनमा जोड दिएका छन् ।

केन्द्रका अध्यक्ष विनोद श्रेष्ठ र सञ्जालका अध्यक्ष हरिबहादुर थापाद्धारा जारी विज्ञप्तिमा सरकारको ध्यानाकर्षण गराइएको हो ।

देशभित्र रोजगारीका अवसरहरू विस्तार हुन नसक्दा वर्षेनी लाखौंको संख्यामा वैदेशिक रोजगारीका लागि नेपाली युवाहरू विदेश जानेक्रम बढिरहेकाले व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

तर वैदेशिक रोजगारीमा अधिकांश अदक्ष श्रमिकका रुपमा जाने ती श्रमिकहरूले अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुसारको सेवा, शर्त सुविधा अन्तर्गत नियुक्तिपत्र, तलब ,ज्याला, सामाजिक सुरक्षा प्राप्त गर्न नसक्दा श्रमिकहरू शोषणको मारमा परेकोमा उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

वैदेशिक रोजगार प्रायः नेपालीका लागि आयस्रोतको एउटा प्रमुख आधार बनेको छ । श्रमिकले विदेशमा परिश्रम गरी पठाएको रेमिट्यान्सले नेपालकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको विदितै छ । वैदेशिक रोजगारका विभिन्न चक्रमा पछिल्ला समय समस्याहरू बढ्दै गएका छन् ।

सरोकारवालाहरूले आआफ्ना क्षेत्रबाट समस्या समाधानका लागि काम पनि गर्दै आएका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको अवस्था र न्यूनतम श्रम मापदण्ड अनुसार सुविधा पाए नपाएको समग्र अनुगमन गर्न सरकारलाई उनीहरुको सुझाव छ ।

सहजीकरण गर्न, श्रमिकको जीवनलाई सुरक्षित बनाउन सामाजिक सुरक्षाको दायरामा समावेश गराउन सरकारी एवं कुटनैतिक नियोगहरुको भूमिकालाई प्रभावकारी बनाउन सरकारले महत्वपूर्ण भूमिका खेल्नु आवश्यक भएको विज्ञप्तीमा जनाइएको छ ।

वैदेशिक रोजगारसँग सम्बन्धित समस्या र तिनको सम्बोधनका लागि सरकारले देखाएको तत्परता तथा तदारुकता र प्रधानमन्त्री पुष्पकमल दाहालले यसै हप्ता विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग गरेको अन्तरक्रिया स्वागतयोग्य रहेको उनीहरुको भनाइ छ ।

नि शुल्क भर्ना, घरेलु श्रमिकका रूपमा नियमित प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाने बाटो खुला गर्नुपर्ने,
श्रमिकहरूको मागपत्र गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग ( नेपाली राजदूताबास) बाट मात्रै प्रमाणीकरण गर्नुपर्ने हालको व्यवस्थालाई नै कायम गर्नुपर्ने माग गरेका छन् ।

 

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *