सरकारलाई जवाफदेही बनाउन माग

काठमाडौं । सरकारलाई संसदप्रति जवाफदेही बनाउने योजना बनाउनुपर्ने संसदीय समितिका सभापतिहरुले सभाभुखलाई आग्रह गरेका छन् ।

सभामुख देवराज घिमिरेसँग छलफल गर्दै संसदीय समितिका सभापतिहरुले सरकारले समितिका निर्देशनहरु पालना नगरेकाले जवाफदेही बनाउन कुनै उपाय खोज्नुपर्ने धारणा राखेका थिए ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले ‘सभापति भएपछि पूर्वसभापतिहरुसँग छलफल गरेको बताइन्। कसैले पनि रेस्पोन्स नगरेकाले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने विषयमा कार्ययोजना नै आवश्यक भएको बताइन्

‘सरकारलाई संसदप्रति उत्तरदायी बनाउने गरी सभामुखले एउटा फेमवर्क बनाइदिनु राम्रो हुने उनको भनाइ छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले पनि विगतका सभापतिहरुको अनुभव सुन्दा आफू उत्साहित हुन नसकेको जानकारी दिए । ‘पूर्व सभापतिहरुसँग कुरा गरेँ । समितिका निर्णय सरकारबाट पालना नहुने कुराले म हतोत्साहित भएँ’, उनले भने ।

११ भदौमा प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापति चयन भएका थिए । बुधबारको छलफलमा १० मध्ये ८ वटा समितिका सभापति उपस्थित थिए ।

संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी काठमाडौं बाहिर भएका कारण उपस्थित हुन नसकेका हुन् ।

 

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *