पोखरेल चीन जाने

काठमाडौं । नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधि मण्डल चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणमा टोली चीन जान लागेको हो ।

एमाले महासचिव शंकर पोखरेल नेतत्वको टोली आउँदो साता गोञ्जाउ हुँदै चीनको राजधानी बेइजिङ जान लागेको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनिसकेका महासचिव पोखरेल नेतृत्वको एमालेको प्रतिनिधि मण्डल झण्डै दुई साता चीन बस्नेछ।

महासचिव पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग छलफल गर्ने एमालेका एक नेताले बताए। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले एमाले प्रतिनिधि मण्डललाई चीन भ्रमणको निम्तो दिएको हो। ु

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीले एमालेको उच्च तहको प्रतिनिधि मण्डललाई समेत चीन भ्रमणमा बोलाएको हो। गत जेठ ५ गते नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोलीले समेत चीन भ्रमण गरेको थियो ।

साउन २५ गते माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन गएका थिए। प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारीका लागि गुरुङ चीन पुगेर फर्किसकेका छन्। गत साउन ३१ गते चिनियाँ जनमुक्ति सेनाको उच्च टोलीसमेत काठमाडौं आएको थियो।

 

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *