काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन ६१ किलोको मात्रै रहेको पाइएको छ । विमानस्थलबाट भन्सार छलेर अवैध रूपमा भित्रिएको ठूलो परिमाणको सुन भनिए जति नभएको परीक्षणका क्रममा भेटिएको हो ।
एस सय क्वीन्टल भनिएकोमा ६१ किलो मात्रै भएको नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले जनाएको छ । महाशाखाले १ सय ५५ किलो ४ सय ६८ ग्राम रहेको सोमबार जानकारी दियो। परीक्षणपछिको वास्तविक परिमाण र गुणस्तर एक साताभित्रमा आउने भएको छ। उक्त ८ पोकाको कुल ६० किलो ७ सय ८९ ग्राम बराबरको सुन भएको छ।