काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनएं को निर्वाचन आउँदो अक्टुबरमा हुने भएको छ । ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोवरसम्म काठमाडौंमा हुने भएको हो ।
निर्वाचनकै बेला युवा, विज्ञ सम्मेलन पनि हुने भएको छ । कार्यकारी अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकले आउँदो महाधिवेशनको उम्मेदवारी शुल्क आधा भन्दा बढीले घटाएको छ ।
संघको युवा तथा महिला पदाधिकारीहरुक लागि ७५ र अध्यक्ष सहित अन्य पदाधिकारीहरुका लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाइएको छ।
अध्यक्ष पदका लागि १० लाख वा १० हजार अमेरिकी डलर र अन्य पदका लागि ५ लाख भन्दा वा ५ हजार अमेरिकी डलर उम्मेदवारी शुल्क भएकोमा अब अध्यक्ष बन्न ५ लाख उम्मेदवारी शुल्क लाग्ने छ ।
उपाध्यक्ष तथा महासचिवका लागि ६ लाख रुपैँया वा ६ हजार अमेरिकी डलर, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैँया वा ५ हजार अमेरिकी डलर र सहकोषाध्यक्षमा उम्मदेवारी दर्ता गर्न ४ लाख रुपैँया वा ४ हजार अमेरिकी डलर शुल्क तोकिएकोमा आधाले घटाउने निर्णय भएको हो ।
यस्तै महिला तथा युवा ३ लाख ५० हजार रुपैँया वा ३५ सय अमेरिकी डलर शुल्क तोकिएकोमा अब ७५ प्रतिशतले घटेको हो ।