संसद सुचारु गर्न जुटेन सहमति

काठमाडौं । संसद सुचारु गर्ने विषयमा भएको राजनीतिक छलफल बिना निष्कर्ष टुंगिएको छ । गभ्भीर छलफल भए पनि दलहरुठोस निर्णयमा पुग्न सकेका छैनन् ।
सभामुखसहित शीर्ष नेताहरूको दोस्रो बैठक निष्कर्षविहीन बनेको हो।

बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरुले अडान नछोडेपछि बैठक उपलब्धिमूलक हुन नसकेको हो । सभामुख देवराज घिमिरेको पहलमा नयाँ बानेश्वरमा बसेको बैठकमा दलहरुले अआफ्नो अडान राख्दा कुनै निष्कर्षमा पुग्न नसकेको हो ।

बैठक मंगलबार बिहान १० बजे बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको पनि उपस्थिति हुनेछ । भोलि सहमति जुट्ने सभामुख घिमिरेले आश्वास्त पारे । उनले सहमतिको विकल्प नभएको पनि बताए।

संसद अवरोध हुँदा जनताका आवाज रोकिएको उनले सुनाए। मैले अधितकतमरुपमा लचिलो भएर सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उनले जानकारी दिए ।

 

सेयर गर्नुहोस्