काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थाले मापदण्ड पालना नगरेको पाइएको छ । वैदेशिक रोजगार विभागले विभागबाट अनुमतिप्राप्त गरी सञ्चालनमा रहेका ती संस्थासँग विस्तृत विवरण मागेको हो ।
तालिम प्रदायक संस्थाले तोकिएको मापदण्डअनुसार काम नगरेको गुनासो आएपछि विभागले ध्यानाकर्षण गराएको हो । यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण माग गरेको विभागले जनाएको छ ।
विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनका क्रममा कतिपय तामिल प्रदायक संस्थाले तालिम सञ्चालन कार्यविधि २०७६ को दफा ११ (अनुसूची २० मा उल्लेख भएअनुसार तोकिएबमोजिमको केही मापदण्ड पूरा नगरेको भेटिएको थियो ।
प्रकाशित गरी तालिम प्रदायक संस्थाले यथाशीघ्र कार्यविधिमा तोकिएबमोजिमको मापदण्ड पूरा गर्ने र सम्बन्धित संस्थाले हाल तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाई अद्यावधिक गर्न आग्रह विज्ञप्ति जारी गरेको छ ।
त्यसो नगरे वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही हुने उल्लेख छ।