पोर्चुगल । वैदेशिक रोजगारीमा रहेका नेपालीहरु प्रहरी चारित्रिक प्रमाणपत्र बनाउँदा परराष्ट्र मन्त्रालयको छाप लगाउने झन्झटबाट मुक्त भएका छन् ।
कन्सुलर सेवा विभागको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण प्रणाली अपग्रेड भई पूर्णरुपमा अनलाइन प्रणालीमा गएसँगै विदेशमा बस्ने नेपालीलाई सहज भएको हो ।
अब सेवाग्राही कन्सुलर विभागमा नआई फारम भरिसकेपछि अनलाइनबाटै एप्रुभ भएको प्रमाणपत्र पाउँछन् । विभागको स्ट्यामसहितको प्रमाणपत्र प्रिन्ट वा पीडिएफ डाउनलोड गर्न सकिने व्यवस्था ल्याएसँगै विदेशमा रहेका लाखौं नेपाली खुसी भएका छन् ।
साउन २१ गतेदेखि यस्तो प्रणाली सुरु हुन लागेको हो । यसअघिको पूरानो सिष्टमका लागि अनलाइन फारम भने शुक्रबार साँझसम्म मात्र भर्न पाइने भएको छ ।