लिस्बन । विश्व युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पोर्चुगलका रास्ट्रपती राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले सहभागी युवाहरुसँग सेल्फी लिएका छन् ।
विश्व युवा दिवसको अवसरमा आएका प्रायःजसो देशका युवाहरुसँग रास्ट्रपतीले सेल्फी लिएका हुन् । दिवसमा विभिन्न देशबाट ४ लाख युवाहरु पोर्चुगलमा भेला भएका छन् ।
दिवसकै अवसरमा आकर्षक पात्र पोप फ्रान्सिकोले पनि बाटोमा भेटिएका सर्वसाधारणलाई बिदाइको हात हाल्याउँदै, सम्भव भएसम्म हात मिलाउँदै आत्मीयता साटेका छन् । सर्वसाधारणले आफ्नो नजिकैबाट हात हल्याउँदा खुसी प्रकट गरेका थिए ।
भीडमा भेटिएका नेपालीले भने अचम्म मानेका थिए । नेपालमा रास्ट्रपती, विशेष व्यक्ति यात्रा गर्दा सडक सुनसान बनाउने प्रवृति छ । जसले गर्दा सर्वसाधारणले नजिकबाट त्यस्ता भिआइपीलाई नजिकबाट देख्न पाउँदैनन् ।