पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनमा विश्व युवा दिवसको रमझम बढेको छ । १ तारिखदेखि ८ तारिखसम्म सम्मेलनमा भव्य कार्यक्रम हुनेछन् । विश्व युवा दिवसका अवसरमा विविध गतिविधि भइरहेका छन् ।
धार्मिमक कार्यक्रम मात्र नभई विश्व युवा सम्मेलनमा रचनात्मक र सिर्जनशील कार्यक्रम भइरहेका छन् । विश्वका मानिस लिस्बनमा सांगितिक कार्यक्रममा रमाइरहेका छन् । प्रायःजसो कन्सर्ट भइरहेको छ
युवा महोत्सवमा विभिन्न चरणहरूमा प्रदर्शनी, सिनेमा, खेलकुद, सम्मेलन र धेरै सङ्गीतहरू समावेश भउका छन् । दिवसको सम्पूर्ण हप्ताको अवधिमा, लिस्बन क्षेत्रका धेरै संग्रहालयहरू र दरबारहरूमा निःशुल्क प्रवेश हुनेछ।
विश्वका करिब १० लाख मानिस पोर्चुगलमा आएको अनुमान छ । यस अवधिमा अधिकांश होटलहरु भरीभराउ छन् । होटल, रेष्टुरेन्टमा अक्युपाइ बढेको छ ।
सवारी साधान आवागमन प्रभावित भएको छ । साधान बन्द भएसँगै गल्लीमा रहेका होटल, रेष्टुरेन्ट भने सुख्खा भएका छन् । नाम चलेकै रेष्टुरेन्ट, होटलमा हिजो अगस्ट १ तारिखमा सुनसान देखिन्थे ।