राजदूत नियुक्ति समावेशितामा

काठमाडौं । राजदूत नियुक्तिमा समावेशी सिद्धान्त अपनाउने सरकारले तयारी गरेको छ ।
बुधबार संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले सरकार सबै प्रकारका नियुक्तिहरुलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिबद्ध रहेको बताए । राजदूत नियुक्ति गर्दा यथोचित रुपमा सम्बोधन गर्दै लैजान नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको उनले जानकारी गराए ।

‘नेपालको संविधानको मर्म र भावना अनुरुप समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै समावेशी बनाइने प्रतिवद्धता जनाए ।

मन्त्री साउदले हाल मन्त्रालयमा रहेको १७ सहसचिवहरुमध्ये ६ जना समावेशी सिद्धान्तको आधारमा छनोट भई कार्यरत रहेको बताए । ५० उपसचिवमध्ये ३१ जना समावेशी कोटाबाट आएको उनको भनाइ छ ।

मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदूतमध्ये समावेशी सिद्धान्तकै आधारमा महिला ३, जनजाति ४, मधेशी १, अपांगता भएका व्यक्ति एक जना छन् ।

सेयर गर्नुहोस्