सम्झौता नभएका मुलुकका सेनामा भर्ती नहुन आग्रह

काठमाडौं । सरकारले सम्झौता नभएका मुलुकको सेनामा भर्ती नहुन आग्रह गरेको छ।

परम्परागतरूपमा सम्झौता भएका केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुन्छन् । परम्परागत सम्झौताअनुसार नेपाली नागरिक बेलायत र भारतको सेनामा भर्ती हुन्छन्। सिंगापुर पुलिसमा पनि भर्ती हुने गरेका छन्।

परराष्ट्र मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय रुस र युक्रेनका सेनामा नेपाली भर्ना भएको भन्दै आपत्ति जनाएको हो । दुई देशबीचको युद्धका कारण ती मुलुकहरूमा नेपालीहरू सेनामा भर्ती भएको पछिल्लो समयमा चर्चा भइरहेको छ । सरकारले त्यस्ता मुलुकमा भर्ना नहुन आग्रह गरेको हो ।

युद्धग्रस्त मुलुकहमा सुरक्षासम्बन्धी काममा नजान हुन सबैमा अनुरोध गरिन्छ,परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, सम्झौताबाहेकका अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ।

सेयर गर्नुहोस्

प्रधानमन्त्रीसँग इप्पानले भन्यो, ‘सबै आयोजनाको पीपीए खोलौं, निजी क्षेत्र मैत्री विद्युत विधेयक जारी गरौं’

 काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश...

Read More