काठमाडौं । कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पाँच वर्ष दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएका पुनः कोरिया जान पाउन
भएका छन् ।
फर्केर आएका त्यस्ता श्रमिकलाई भाषा परीक्षा हुने भएको छ । सन् २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सीबीटी) सञ्चालन हुने भएको छ । यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने अवसर पाइन्छ ।
इच्छुक व्यक्तिले यहीँ साउन १३ गतेदेखि १५ गतेसम्म आवेदन दिनुपर्छ । परीक्षा भदौं १८ देखि २९ गतेसम्म हुनेछ । नतिजा असोज ३ गते प्रकाशित हुने वैशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ । १ जनवरी २०१० पछि भिसा अवधि भित्रै स्वैच्छिक रुपमा नेपाल फर्किएकाहरुले आवेदन दिन पाउँछन् ।