काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा समेटिने क्रम बढेको छ ।
गत चेत्र ८ गतेदेखि सुरु भएको उक्त कार्यक्रममा विदेशमा रहेका श्रमिक जोडिन थालेका छन् । सामाजिक सुरक्षा कोषका अनुसरा वैदेशिक रोजगारीमा रहेका २ लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध भएका छन्।
विदेश आउन श्रमस्वीकृति लिदाँ नै सरकारले अनिवार्य सामाजिक सुरक्षामा समेटिनुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार नयाँ स्वीकृति लिई विदेश जाने श्रमिक समेटिएका हुन् । यसअघि नै वैदेशिक रोजगारीमा रहेको, विेदशमा व्यवसाय गरेकालाई पनि सामाजिक सुरक्षामा समेट्ने सरकारको तयारी छ । गैरआवासीय नेपाली संघको संयोजनमा विदेशमा बसिरहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न लागिएको हो ।
कोषका अनुसार हालसम्म औपचारिक क्षेत्रका चार लाख २३ हजार ९२ श्रमिक आबद्ध भीइसकेका छन
। कोषमा हालसम्म औपचारिक र वैदेशिक क्षेत्रका गरी कूल ६ लाख ३९ हजार एक सय ७४ श्रमिक सूचीकृत भएका छन्।
कोषमा १८ हजार रोजगारदाता सूचीकृत भएका छन् ।
जी २० सम्मेलनमा सी चिनफिङ सहभागी नहुने
चीन । ‘जी २०’को १८औँ शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी...
Read More