एनआरएनए पोर्चुगलमा भोलि चुनाव, अझै सहमतिको प्रयास जारी

लिस्बन। गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको भोलि निर्वाचन हुँदैछ ।

स्रोतका अनुसार उम्मेदवारी दर्ता भए पनि सर्वसम्मत नेतृत्वका लागि अझै सहमतिको प्रयास भइरहेको छ । छलफल र संवाद भइरहेका छन् ।
निर्वाचनका लागि आइसिसी सदस्यमा तीन जनाको उम्मेदवारी परेको छ ।

बिनु बस्नेत, राजकुमार थापा, सुजन हमाल प्रतिष्पर्धामा छन् । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दीपा काफ्ले, उमेशकुमार खड्का, यामेन्द्रकुमार घर्ती प्रतिष्पर्धामा छन् ।

वरिष्ठ उपाध्यक्षमा दिनेश खड्का, परशु शेर्पा, पुनम गोतामे, सुनिल मल्ल ठकुरीले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा माया पौडेल खराल, उपाध्यक्षमा शिवसागर बिसी (बुढाथोकी), राजकुमार गुरुङ, महासचिवमा भरतप्रकाश घर्ती, भुवन कँडेल, सुजन लामाले उम्मेदवारी दिएका छन् ।

सचिवमा दीपेश विष्ट, जयबहादुर घर्ती, खगीसरा न्यौपाने बस्याल, प्रकाश गजमेर, सुरज विष्टले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा राजेन्द्रप्रसाद डुम्रे, सहकोषाध्यक्षमा नवीनकुमार थापा, तोयानाथ कडेल, महिला संयोजकमा रेखा रेग्मी, सरिता शर्मा, युवा संयोजकमा निरज गुरुङ, लेखा संयोजकमा अमृतकुमार विश्वकर्माले उम्मेदवारी दिएका हुन् ।

आज बेलुकासम्म सहमति नभए भोलि आइतबार निर्वाचन हुने छ ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा राजधानी लिजवन आयोजीत ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *