बेलायतमा बढ्यो बेरोजगारी

बेलायत । बेलायतम बेरोगारी बढेको छ । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै बढेको देखिएको छ ।

बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४।४ प्रतिशत पुगेको छ, जुन मार्चको अन्त्यसम्मका तीन महिनामा ४।३ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।

चालु महिनाको तथ्या)कले श्रम बजार विचलित हुन सक्ने सङ्केत देखाएको छ । रिक्त पदहरूको सङ्ख्या अझै घट्दै गइरहेको छ भने बेरोजगारी बढ्दै छ, यद्यपि आय वृद्धि बलियो रहेको ओएनएसले जनाएकोछ ।

 

सेयर गर्नुहोस्