युरोपीयन देश पोर्चुगलमा आप्रवासी नीती सहज र यहाँ बसाई अनुमती अन्य देशभन्दा सजिलो तरिकाले पाउने भएकोले यतिवेला पोर्चुगल नेपाली मात्र नभई दक्षिण एशियाली अनि कयौ अफ्रीकी रास्ट्रहरुका आप्रवासीको आकर्षण केन्द्र बनेको छ पोर्चुगल ।
पोर्चुगलमा यतिबेला ६० हजार भन्दा बढी नेपालीहरुको बसोबास छ । युरोपमा युके पछि दोस्रो धेरै नेपाली जनघनत्व भयको देश पोर्चुगल हो । यो देसमा नेपाली राजदुतावास नेपाली नियोग नभएर नेपाली यती धेरै हैरानी खेपेको छन् त्यो भोग्ने लाई मात्र थाहा छ ।
विभीन्न कानुनी झन्झट वाधा अड्चन छ । राहदानी बनाउनको लागी नेपाली राजदूतावासको एकदम आवस्यकता छ ।
यहाँ राजदूतावास ल्याउन दसौ वर्षदेखी प्रधानमन्त्री , मन्त्रीलाई ज्ञापनपत्र दिने चलन चलि आयको थियो तर ति ज्ञापनपत्र बुझेपछि रद्दीको टोकरीमा जाने गर्दथे । यही क्रममा पोर्चुगलमा धेरै नेपाली बसोबास गर्दछन् ।
तेहा नेपालीले दुख पायको कुरा मुगुको कर्मारोङ गाऊपालीका पुर्ख्यौली घर भएकी र हाल जुम्लाबाट संसद मा प्रतिनिधित्व गर्ने नेकपा माओवादीकी ऊर्जावान युवा संसद छिरीङ ल्हामुले यहाँको बारे धरै चासो राख्नुभयो ।
धेरै पहिलेदेखी पोर्चुगलकोबाररे विभीन्न व्याक्तीसाग बुझ्नुभयो । यहाँको केही पिडीत र समस्या परेकोसँग ऊहाले निरन्तर सम्पर्क पनि गर्नुभयो । उहाँहाले पोर्चुगलमा साच्चै नै राजदूतावासको आवस्यकता रहेछ भनेर उहाँले पररास्ट्र मन्त्री, प्रधानम्न्त्तीलाई धेरै पटक अनौपचारीक रुपमा कुरा राख्नु भयो । उहाँ लगातार पोर्चुगलको दूतावासको लागी लागीरहनु भयो ।। अहिले पनि लागी रहनु भयको छ । संसद छिरीङको स्वभाव नै कि कुनै काम मा हात हाल्दै नहाल्ने हालेपछि फत्ते गरेर छोड्ने ऊहाँको स्वभाव छ ।
तेही स्वभाव कै हुनाले ऊहाले पोर्चुगल को लागी राजदुतावास स्थापना मा ऊहा ले आवाज ऊठाऊन छोड्नु भएन । संयोग भनौ उहाँ अन्तरास्ट्रीय संम्बन्ध तथा पर्यटन समितीमा हुनुहुन्छ । यो समितीमा पररास्ट्र मन्त्री पनि हुनुहुन्छ ।
केही दिन अगाडी उँहाले अन्तरास्ट्रीय सम्बन्ध तथा पर्यटन समितीमा बैठकमै पोर्चुगलको लागी राजदूताबास र यहा युकेपछि कै बढी नेपाली बस्ने र यहाँ धेरै समस्या परेको राजदूतावासको लागी पररास्ट्र मन्रीलार्ई ध्यानाकर्षण गराऊनु भयो ।
अन्तरास्ट्रीय सम्बन्ध तथा पर्यटन समितीमा अग्रज तथा वरिष्ठ नेता पूर्व प्रधानमन्री हरु पनि समिती मा सदस्य हुनुहुन्छ । उँहाले पोर्चुगलमा राजदूताबासका लागी प्रधानमन्त्री, पररास्ट्रमन्त्री, पूर्व प्रधानमन्त्री लागयतलाई निरन्तर ध्यानकर्षण गराएपछि सरकार सरकार ले चाडै नै पोर्चुगलसँगै अन्य ८ देशमा दूतावास खोल्ने गृह कार्य गरेको छ ।
पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड, टर्की रहेका छन् सरकार ले १० हजार भन्दा बढी नेपाली रहेका ८ देशमा दूतावास स्थापना गर्ने भयको छ तेही गृहकार्य गर्दै छ । तेस्तै जापान, जर्मनी, अस्ट्रिया, इजरायल र दक्षिण कोरियामा एकरएक जना श्रम काउन्सेलर र श्रम सहचारी पठाउने निर्णय गरेको छ ।
सरकार ले यो गृहकार्य सुरु गरेको छ । यहि सरकार रहेको खन्ड मा पोर्चुगल मा दुतावास आउने छ । तर नेपालमा राजनैतीक खिचातानी छ । एउटा सरकारले गरेको निर्णय अर्को सरकार आएपछि ओझेलमा पारीदिन्छ । या निर्णय नै खारेज गरिदिन्छ ।
हामी आसा गरौ, यहि सरकारको पालामा पोर्चुगलमा राजदूतावास आउने छ । दूतावास ल्याउन निरन्तर पहल गर्ने मुगुकी चेली जुम्लाको सांसद छिरीङ ल्हामु ज्युलाई पोर्चुगलमा राजदूतावासको लागी अनवरत रुपमा सरकार लाई घच्घच्याई राखेको माहामी सवै पोर्चुगल वासी ले ऊहाप्रती कृतज्ञता व्याक्त गर्दछौ ।