भव्य भयो विश्व युवा दिवस

लिस्बन । पोर्चुगलमा अगस्त १ देखि भोलि ६ तारिखसम्म ह’ने कार्यक्रम भव्य भयो । कार्यक्रममा युवाहरुको सहभागिता उत्साहजनक देखियो ।  विश्वभरीबाट ४ लाख युवाहरु कार्यक्रममा प्र्रत्यक्ष सहभागी भए । यहीँ अवसरमा १० लाख बढी पर्यटक पोर्चुगल भित्रिएको सरकारी अनुमान छ ।

विश्व युवा दिवसमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । विशेष पास भएका मात्रै कार्यक्रमस्थल जान पाउने व्यवस्था गरिएको थियो ।  एएनईपीसी अपरेशनल कमाण्ड पोष्टको नेतृत्वमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

विश्व दिवसको अवसरमा कार्लोस्, लोपेस प्याभिलियन, पार्के एडुआर्ड भिआइआइमा भव्य कार्यक्रम भए ।  सुरक्षाका लागि लिस्बनको नगरपालिका नागरिक सुरक्षा सेवा, स्वयंसेवक फायर विभाग, राष्ट्रिय सामुद्रिक प्राधिकरण, राष्ट्रिय आपतकालीन र नागरिक सुरक्षा प्राधिकरण, पोर्चुगल रेडक्रस, न्यायिक प्रहरी, सुरक्षा सूचना सेवा, सार्वजनिक सुरक्षा प्रहरीले सहकार्य गरे ।

त्यस्तै चिकित्सा आपतकालिन राष्ट्रिय संस्थान, फायर सेपर्स रेजिमेन्ट लिस्बन, ईनेटवर्क जिएनआर (रिपब्लिकन नेशनल गार्ड), सुरक्षा कम्पनी र स्थानीय आयोजक समितिले सहकार्य गरी कार्यक्रम सफल पारे ।

Pode ser uma imagem de 7 pessoas, ambulância e texto

Pode ser uma imagem de 9 pessoas, ambulância e texto

Pode ser uma imagem de 5 pessoas, televisão e texto

 

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More