सुवासचन्द्र नेम्वाङको निधनले अपुरणीय क्षति

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले देशलाई अपुरणीय क्षती पुगेको छ । समन्वयकारी भूमिका खेल्न सक्ने नेम्बाङको निधनमा देश शोकमा छ ।

हृदयघाटका कारण उनको निधन भएको जनाइएको छ । राति एक्कासी गाह्रो भएपछि परिवारका सदस्यले अस्पताल पुर्‍याउँदा नेम्वाङको नाडी, मुटुको धडकन र श्वासप्रश्वास चाल बन्द भइसकेका थिए । बालुवाटारस्थित निवासबाट राति १ः५० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको अस्पतालले ३ बजे मृत घोषणा गरे ।

निधनले अपुरणीय क्षति पुगेको राजनीतिक दलका नेताहरुले बताएका छन् । विभिन्न पार्टीका नेताहरुले नेम्वाङलाई सम्झीरहेका छन् । अस्पताल पुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नमिल्ने भइसकेको थियो ।

सोमबार दिउँसो रक्तचाप, पल्स रेकर्ड लगायतका परीक्षण गरेका थिए । तर सबै सामान्य थियो । १० बजे दुई छोरी र श्रीमतीसँगै खाना खाएर नेम्वाङ सुतेका थिए । घरमा होसमै रहेकामा अस्पताले जीवनका चालसम्बन्धी कुनै गतिविधि नभएको जानकारी गराएको थियो ।

उच्च रक्तचाप र मधुमेहको औषधि खाइरहेकाले बेलाबेलामा रिंगटा लाग्ने र कमजोर महसुस हुने गरे पठि अरु ठूलो समस्या नभएको नीजि चिकित्सक बताउँछन् । मधुमेह, उच्च रक्तचाप, मुटुको औषधि नियमित रुपमा सेवन गर्दथे ।

प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असमायिक निधन भएपछि भदौ २७ गते बोलाइएको बैठक २८ गतेका लागि सारिएको संसद सचिवालयले जनाएको छ।

शोक प्रस्तावको प्रयोजनको लागि सभाको बैठक मिति २०८० साल भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्नेगरी निर्धारण भएको महासचिवले जनाएका छन् ।

संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा असामयिक निधन भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि उहाँले निर्वाह गर्नुभएको भूमिका र नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै स्वर्गीय नेम्वाङको निष्ठा र त्यागलाई सबैले आत्मसात् गर्न सक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ ।

मन्त्रिपरिषद् बैठकले दिवङ्गत सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने, शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माले बताइन् ।

सुवास नेम्वाङ चारपटक सभामुखमा निर्विरोध चयन भएका थिए । २०६३ वैशाख ३० मा उनी पहिलोपटक सभामुख बनेका थिए ।

नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रलाई अपूरणीय क्षति भएको बताएको छ।

कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै नेम्वाङ बहुआयामिक व्यक्तित्वका धनी रहेको उल्लेख गरेका छन्। श्रदाञ्जलीको लागि उनको शव पार्टी कार्यालय च्यासलमा राखिएको छ। उनका छोराहरु विदेश भएकाले आएपछि मात्रै दाहसंस्कार गरिने उल्लेख छ ।

विसं २००९ साल फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट ईलाम नगरपालिका(७ मा जन्मनुभएका कमरेड सुवास नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गर्नुभएको छ ।

संविधानसभाका अध्यक्षका रूपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई(दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएका उहाँको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित छ ।

उहाँले पुनर्स्थापित प्रतिनिधिसभा (२०६३), अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद (२०६३), संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद (२०६५) तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गर्नुभएको छ ।

२०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहनुभएका उहाँ २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको नेकपा ९एमाले० को सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीका हैसियतमा उहाँले मुलुकमा कानुनी शासनको सुदृढीकरणका लागि अत्यन्त गहन भूमिका खेल्नुभएको थियो । उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २००९ मा सम्पन्न निर्वाचनमा ईलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ ।

२०५६ सालमा प्रतिनिधिसभा सदस्यको रूपमा ईलामबाट पहिलो पटक निर्वाचित भइ सार्वजनिक लेखा समितिको सभापतिका रूपमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ ।

आदर्श स्कूल, ईलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उहाँले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गर्नुभयो । उहाँ महेन्द्ररत्न क्याम्पस, ईलाममा बी।ए। पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित हुनुभएको थियो ।

नेपाल ल क्याम्पस, काठमाडौँमा बी।एल। अध्ययन गर्दा सरकार विरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताउनुभएको थियो । २०४६ सालको संयुक्त जनआन्दोलन, २०६२र६३ मा शान्तिपूर्ण जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा उहाँ पटक(पटक हिरासतमा पर्नुभएको थियो ।

२०३३ साल असार ३ गते जेलमै रहँदा तत्कालीन अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को(अर्डिनेशन केन्द्रको पार्टी सदस्यता प्राप्त गर्नुभएका उहाँ २०४९ सालमा पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय न्यायिक समितिको सदस्यमा निर्वाचित हुनुभएको थियो।

छैटौँ महाधिवेशन ९२०५४० र सातौँ महाधिवेशन ९२०५९० बाट केन्द्रीय सदस्य, २०७२ सालमा पार्टी स्थायी कमिटी सदस्य र दसौं राष्ट्रिय महाधिवेशन ९२०७८० बाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । पार्टी निर्माण तथा विस्तारमा उहाँका योगदानहरूको पार्टी उच्च मूल्याङ्कन गर्दछ ।

२०३६ सालबाट नेपाल ल क्याम्पसमा प्राध्यापन सुरू गर्नुभएका उहाँले नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य ९२०४१० तथा महासचिव ९२०४३० का रूपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँ महासचिव रहेकै कार्यकालमा सम्पन्न नेपाल बार एशोसियसनको राष्ट्रिय सम्मेलनले देशमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको प्रस्ताव पारित गरेको थियो ।

मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका माननीय सुवासचन्द्र नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो । अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको छ ।

कलेज जीवनमा फुटबल टिमका क्याप्टेनसमेत रहनुभएका उहाँ बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो ।
श्रीमती कलावती नेम्वाङसँग छुट्टीमिन्न भइसकेपछि विशालनुमा नेम्वाङसँग वैवाहिक सम्बन्धमा बाँधिनुभएका उहाँहरुका दुई छोरा( मिड्सो नेम्बाङ र सुहाग नेम्वाङ तथा दुई छोरीहरू डा। सुसाङनुमा नेम्वाङ र सम्याङ नेम्वाङ हुनुहुन्छ ।

सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रूपमा उभिनुहुने सुवासचन्द्र नेम्वाङको असामयिक देहावसानले उहाँको परिवार र नेकपा ९एमाले० पार्टीपङ्क्तिका लागि मात्रै होइन, नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको छ ।

शोकको यस घडीमा सम्पूर्ण पार्टीपङ्क्तिका तर्फबाट हामी कमरेड सुवासचन्द्र नेम्वाङले राष्ट्र र जनताको हितमा पुयाउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र उहाँको असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौं । शोकाकुल परिवारमा यस पीडालाई सहन गर्नसक्ने सामर्थ्य हासिल हुन सकोस् भन्ने कामनाका साथ गहिरो समवेदना व्यक्त गर्दछौं ।

सेयर गर्नुहोस्