काठमाडौं । अफ्रिकी देश मोरोक्कोमा शक्तिशाली भूकम्प गएको छ । भूकम्प २९६ जनाको मृत्यु भएको छ ।
अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् ।
६ दशमलव ८ रेक्टरको भूकम्प गएको थियो । भग्नावशेषबाट मानिसलाई निकाल्ने एवम् उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।