लिस्बन । युरोपको रमणीय देश पोर्चुगलमा नेपालीहरुलाई उडुसले टकेर हैरान बनाएको छ।
खासगरी सरसफाईमा ध्यान नदिने, एउटै कोठामा धेरै संख्यामा सुत्ने, एउटै कपडा धेरैले प्रयोग गर्ने जस्ता कामहरु नेपालीबाट हुन थालेपछी उडुसको समस्याले बिकराल रुप लिएको हो।
पोर्चुगलमा होस्टेल ब्यवसाय पनि फस्टाई रहेको छ। होस्टेलमा क्षमता भन्दा धेरै मान्छे बस्दै आइरहेका छन् । ति होस्टेलहरुमा पनि सरसफाई नहुने, कपडाको धुलाई नहुने जस्ता फोहोरी गतिविधिले उडुसको टोकाईमा परिरहेका छन्।
यसरी होस्टेलमा केही दिन बसेर अर्को कोठा सर्दा, खेतीतिर जादा आफूसँगै उडुस पनि बोकेर लैजाने भएकाले झन् यो समस्या बढेर गएको देखिएको छ।
लिस्बनको होस्टेलमा बसेका र पूरानो घरमा सरसफाई नगरी बसेका अधिकांश नेपालीले आफूलाई उडुसले टोकेको भन्दै उडुस मार्ने औषधी खोजेर हिडिरहेका छन् ।
बेजोरगारी समस्याले तड्पिएको बेला उडुसले पनि टोक्दा निकै दुख लागेको पिडितहरुले बताए ।
उडुस भगाउने सुरक्षित तरिका
यसअन्तर्गत सबैभन्दा महत्त्वपूर्ण तरिका ‘ताप’ को उपयोग हो । गाउँघरतिर समेत हामीले यो तरिका जानी–नजानी प्रयोग गर्ने गरेका छौं ।
तातो पानीमा लुगाफाटा, तन्ना, सिरकरसिरानीका खोल आदि भकभक उमालेर धुने गर्दा उडुसको दुहुदुहाइ हुन्छ । योसँगै खाट, कुर्सी, टेबल लगायतका कापकापमा तातो पानी हाल्ने गर्नुपर्छ ।
धुन नमिल्ने लुगाहरू (डसना, सिरानी, सिरक) लाई चाहिँ कडा घाममा मजाले सुकाउनुपर्छ । कालो प्लास्टिकको थैलोमा लुगाफाटा राखेर चर्को घाममा केही घण्टा राख्दा पनि उडुसबाट उन्मुक्ति मिल्न सक्छ ।
उडुसबाट छुटकारा पाउन गाउँघरतिर खाट, कुर्सी आदिलाई खोला वा पोखरीमा केही दिनसम्म डुबाएर राख्ने चलन पनि छ । सहरबजारमा भ्याकुमले सफा गर्दा पनि उडुस केही नियन्त्रणमा आउन सक्छ । तर भ्याकुम मेसिनमा जम्मा भएका उडुसलाई प्लास्टिकको थैलोमा हावा नपस्ने गरी बाँधेर पर फ्याँक्नुपर्छ । नत्र फेरि घर फर्किन सक्छ ।
विषादीको प्रयोग विज्ञको सहयोगमा मात्र गरौं
उडुस निर्मूल गर्न विषादीको प्रयोग गर्नैपर्छ । तर, यसमा निकै सावधानी अपनाउनुपर्ने हुन्छ । विषादीको आफूखुसी प्रयोगका कारण गाउँघरमा मात्र होइन, सहरबजारतिर पनि भएका दुर्घटनाहरूबारे हामीले सुनेका छौँ ।
यसैले विषादीको उपयोग आफूले गर्नुहुन्न । यसका लागि विषादी वारे जानकार व्यक्तिको सहयोग लिनुपर्छ । हाल सहरहरूमा पेस्ट कन्ट्रोल सेवासमेत छ ।
दी वारे जानकार व्यक्तिको सहयोग लिनुपर्छ । हाल सहरहरूमा पेस्ट कन्ट्रोल सेवासमेत छ ।