काठमाडौं । कतारले श्रमिकको सीप विकासका लागि सहयोग गर्ने भएहको छ । नेपालीहरुको मुख्य गन्तव्य कतारले सीपलाई व्यवस्थित गर्न नेपालीहरुको सीप विकासका लागि काम गर्ने भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीबिच शिष्टाचार भेटका क्रममा कतारले श्रमिकको सीप विकासका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए ।
कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको भन्दै नेपालीहरुको प्रशंसा गरे । नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न कतार सधै तयार रहेको उनले प्रतिवद्धता जनाए । नेपाली श्रमिकको सिप विकासका नेपालको प्रस्तावका आधारमा काम गर्ने उनले जनाए ।
सो अवसरमा श्रममन्त्री अर्यालले सीपयुक्त श्रमिक रोजगारीमा पठाउने योजना भएको बताए । सीप विकास गरेर गन्तव्य मुलुकमा पठाउन लागिएकाले त्यसका लागि सहयोग गर्न उनले आग्रह गरेका हुन् ।
कतारले नेपाली श्रमिकलाई रोजगारीको लागि अवसर दिएकोमा धन्यवाद दिए ।
कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ महिला श्रमिकको संख्या १५ हजार ५५५ छ । कतारले आप्रवासी श्रमिकको लागि पनि न्यूनतम पारिश्रमिक लागू गरेको छ ।