काठमाडौं। रुसी सेनामा भर्ना गर्न नेपालीहरु मानव तस्करको फन्दामा पर्ने गरेका छन् । मानव तस्करको फन्दाका कारण ८ सय भन्दा बढी नेपाली रुसी सेनामा भर्ना भएका छन् ।
नेपालीहरू गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र यसबाट नेपालीको क्षति भइरहेको भन्दैं सरकारको ध्यानाकर्षण हुन थालेको छ ।
रुसी सेनामा भर्ना हुने नेपाली बेपत्ता हुने र मृत्यु हुने क्रम बढेको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनएनए) ले सरकारको ध्यानाकर्षण गराएको हो । टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई भेटी सरकारलाई सजग बनाएको हो।
अध्यक्ष डा बद्री केसीले गैररकानुनी रूपमा रसिया जानेक्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनुभयो।
संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरूको हकमा श्रम नवीकरण र अध्यागमनमा भएको अवरोध हटाउन माग गर्दै आएको छ । नेपालीलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण बनाइदिन सरकारसँग अनुरोध गरिरहेको छ ।
यसअघि गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दुतावासलार्र्इ दिदैँ आए पनि मानव तस्करी नरोकिएको भन्दै यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराइएको छ ।
सरकारका निकायकाबीच समन्वय नहुँदा रसियामा बस्ने नेपालीले दुःख पाइरहेका छन् । लामो समयदेखि रसियामा स्थायी रुपमा बसोबास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरुको ठूलो संख्या अप्ठ्यारोमा परेको डा. केसीले जानकारी गराउनुभयो।
स्थायीरुपमा बसोबास गर्दै आएका नेपालीहरू छुट्टिमा नेपाल आउँदा अध्यागमनबाट रुस जाने नेपालीहरुलाई रोक्ने, श्रम स्वीकृति नर्गने जस्ता घटनाहरु भईरहेकोप्रति पनि ध्यानाकर्षण गराइएको हो ।
मन्त्री भण्डारीले समस्या समाधान गर्न पहल गर्ने बाउनुभयो ।