इजरायल मा 11 जना नेपाली को ऊद्दार हुदै

इजरायलमा बंकरभित्र रहेका ११ जना विद्यार्थीको टोली रहेका ठाउँमा त्यहाँको सेना पुगेको छ। उनीहरूमध्ये ६–७ जनाको उद्धार भइसकेको र बाँकीको केही बेरमा उद्धार हुने नेपाली विद्यार्थी लुइस रिजालले जानकारी दिए। उनीहरू त्यहाँ शनिबार बिहान ७ बजेदेखि थिए। ११ जनामध्ये ३ जना छात्रा रहेको रिजालले जानकारी दिए। ‘हामीलाई स्कर्टिङ गरेर सबैलाई सुरक्षित लैजानका लागि सेनाको उद्धार टोली आइसकेको छ। अब हामीहरू सबैजना मुभ भइरहेका छौं। हामी तेल अभिभमा सुरक्षित सेल्टरमा जाँदै छौं। ल त है। हाम्रो केही साथीहरू जानु भयो। हामी ४–५ अटेनौं। ४–५ घन्टामा हामी जान्छौं। केही आश पलाएको छ । नेपाल सरकारले एक–दुई दिनभित्र ‘रेस्क्यु’ गरे राम्रै हुन्छ। किनकि अरू देशले आक्रमण गर्दै छ भन्ने सुनेका छौं। नआत्तिन भन्नुहुन्छ। नआत्तिएर यो अवस्थामा छौं। हामी सबैजनाले नेपालमै भेट्नेछौं,’ रिजालले भिडियोमार्फत् जानकारी गराएका छन्। – समाचार साभार – सेतो पाटी वाट

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *