पत्रकार यूरोप शाखामा नयाँ नेतृत्व

पोर्चुगल। नेपाल पत्रकार महासंघ युरोप शाखामा नयाँ नेतृत्व चयन भएको छ । महासंघको पाँचौँ अधिवेशनले केजिन राइको अध्यक्षतामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो।

उपाध्यक्षहरुमा राजकुमार थापा(पोर्चुगल) प्रेम पोमु(जर्मनी), दिलनिशानी मगर(बेल्जियम), द्रोण रिजाल(नेदरल्याण्ड, बासु सत्याल(पोर्चुगल), महासचिव शेरबहादुर परियार पोल्यान्ड निर्वाचित हुनुभएको छ ।

्उपमहासचिवमा कलश खरेल (पोर्चुगल), भरत प्रधान (पोर्चुगल), अशिम लोप्चन, सचिव महिन्दो वाइवा(बेल्जियम) रमेशराज बाँस्तोला (पोर्चुगल), दिनेश गौतम (साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ(बेल्जियम निर्वाचित हुनुभयो ।

सदस्यमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड),दिपक भण्डारी (पोर्चुगल), बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले (माल्टा), पुस्तक रेग्मी (पोर्चुगल) निर्वाचित भएका छन् ।

त्यस्तै लाक्पा तेन्जी शेर्पा रोमानिर्या), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राइ (पोर्चुगल) कमल पन्थी (हंगेरी) माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुबास चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल),अमृता राई (रोमानिया) र मनि तमु सदस्यमा निर्वाचित हुनुभएको छ ।

पत्रकार महासंघ यूरोप शाखाको नेतृत्वमा पोर्चुगलको बाहुल्यता छ । पोर्चुगलमा कार्यरत राजकुमार थापा र बासु सत्याल उपाध्यक्षमा र कलश खरेल र भरत प्रधान उपहासचिवमा र रमेशराज बास्तोला सचिवमा निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा पनि पोर्चुगलमा कार्यरत ८ जना निर्वाचित हुनुभएको छ ।

केजिन राई यूरोपको अब्बल पत्रकार मानिनुहुन्छ । सबैलाई मिलाएर लैजान सक्ने खुवी उहाँसँग छ । पत्रकार महासंघमा उहाँ चौथो पटक निर्वाचित हुनुभएको हो ।

सेयर गर्नुहोस्

नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *