पोर्चुगिस मिडियामा पटकपटक छाइएका यामेन्द्र

लिस्बन । पोर्चुगल नेपालको मुग्लिनजस्तै परिचित छ । सबै क्षेत्रका नेपालीहरु यहाँ आउँछन् । नेपालमा विभिन्न पेशा तथा व्यवसायमा अब्बल भइसकेका व्यक्तिहरुदेखि नयाँ यूवाहरु यहाँ आउने गर्छन् ।

श्रम बजारमा छिरेका युवादेखि नेपालमा उच्चश्रेणीमा रोजगारी गरेका तथा व्यवसायिक क्षेत्रमा अब्बल भइसकेका व्यक्तिहरु पनि पोर्चुगलमा आउँछन् । त्यसमध्ये एक हुनुहुन्छ बाग्लुङको बडिगाड गाउँपालिकाका यामेन्द्र घर्ती ।

जापानबाटै करियर सुरु गर्नुभएका यामेन्द्र अहिले रामेन विस्ट्रोमा अब्बल मानिनुहुन्छ । उहाँ जापानमा सात वर्ष बस्नुभयो । किचेनमा काम गर्नुभयो । त्यहाँ ख्याति कमाएर स्वदेशमै केही गर्ने चाहनाले नेपाल फर्किनुभयो ।

आशा, विस्वास र भरोसा राखेर उहाँ नेपाल फर्किनुभयो । व्यवसायसँगै राजनीतिमा संलग्न भएर नयाँ पहिचान बनाउने अठोट लिनुभएको थियो ।

नेपाल आएर केही वर्ष राजनीतिमा पनि जोडिनुभयो । निर्माण क्षेत्रको व्यवसायका साथै विभिन्न क्षेत्रमा लगानी पनि गर्नुभयो । व्यवसाय सोचेजस्तो भएन । सामूहिक लगानी गर्दा पनि राम्रो प्रतिफल आउन सकेन ।

उता राजनीतिमा पनि भनेजस्तो भएन । हक्की र इमान्दर स्वभावका यामेन्द्रलाई राजनीतिबाट पनि वितृष्णा भयो ।

त्यसपछि उहाँ यूरोप यात्रा तय गर्नुभयो । जापान छदैैँ यूरोपको सपना देखेपनि नेपालमै व्यवसाय र राजनीतिमा जम्ने उहाँको इच्छा थियो । अरुको झोला बोकेर राजनीतिमा चाकडी गर्ने प्रवृति सह्यै नभएपछि उहाँ सबै छोडेर यूरोप हानिुनुभयो ।

उहाँ एक दशकदेखि पोर्चुगलमा हुनुहुन्छ । जापानमा सिकेको अनुभवले उहाँलाई पोर्चुगलमा स्थापित गराउन सघाएको छ ।

यहाँको आजिटामा रामेन विस्ट्रोमा किचेनमा काम गर्दै आउनुभएको छ । उहाँ मास्टरसेफ पनि हुनुहुन्छ । उहाँले नयाँ व्यवसायी तथा सिक्न चाहनेलाई  तालिम दिने, रामेन विस्ट्रोबारे परामर्श दिने गर्नुहुन्छ । उहाँ रामेनको सम्भावना, यसको महत्व र व्यवस्थान गर्ने तरिकामा अब्बल हुनुहुन्छ ।

यूरोपमा रामेनको लोकप्रियतासँगै उहाँको पनि लोकप्रियता बढ्दै गएको छ ।

पोर्चुगलको प्रख्यात स्पोट्र्स टिभी च्यानल, टाइम आउट म्यागेजिन लगायत विभिन्न सच्चारमाध्यममा छाउनुभएको छ । रामेनमा अब्बल युवाध्ये उहाँ पनि अग्रस्थानमा हुनुहुन्छ ।

यामेन्द्र सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ पछिल्लो समयमा युवामाझ लोकप्रिय हुँदै जानुभएको छ । पोर्चुगलमा नेपाली समुदायको प्रायःजसो गतिविधिमा उहाँ सक्रियतासाथ लाग्नुभएको छ । आफ्नो कर्मसँगै सामाजिक क्षेत्रमा उत्तिकै समय दिनुभएको छ ।

सेयर गर्नुहोस्

नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *